
प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि श्रम संस्कृति पार्टीले आफ्नो विरोधलाई निरन्तरता दिएको छ।
बैठकका क्रममा सभामुख डोलप्रसाद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न समय दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए।
सांसदहरूले विरोध जनाइरहेका बेला परराष्ट्रमन्त्री खनालले भने आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे संसद्लाई जानकारी गराएका थिए।
संसद्मा श्रम संस्कृति पार्टीको अवरोध जारी रहे पनि बैठकको कार्यसूचीअनुसार मन्त्री खनालले भ्रमणका क्रममा भएका भेटवार्ता र गतिविधिबारे जानकारी प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर श्रम संस्कृति पार्टीले पछिल्ला दिनहरूमा संसद्मा लगातार विरोध जनाउँदै आएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
