२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले आफूले संसदमा सनातनी राज्यको पक्षमा अभिव्यक्ति दिएपछि ज्यान मार्ने र बलात्कारसम्मका धम्की आएको बताएकी छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सभाको ध्यानाकर्षण गराउँदै आफूविरुद्ध सामाजिक सञ्जालमार्फत लगातार धम्की आइरहेको दाबी गरिन्।

उनका अनुसार केही दिनअघि संसदमा बोल्दै उनले ९० प्रतिशतभन्दा बढी सनातनी बसोबास गर्ने देश भएकाले नेपाललाई सनातनी राज्यको रूपमा स्थापित गर्नुपर्ने धारणा राखेकी थिइन्। सोही अभिव्यक्तिपछि आफूलाई लक्षित गरी धम्कीहरू आउन थालेको उनले बताइन्।

ओलीले आफू धर्मको विरोधी नभएको स्पष्ट पार्दै आफ्नो अभिव्यक्तिको गलत अर्थ लगाइएको पनि बताइन्। उनले भनिन्, “मैले सनातनी राज्यको पक्षमा बोलेको थिएँ, धर्मान्तरणको विरुद्धमा बोलेको थिएँ। मेरो भनाइले कुनै धर्म मान्नेहरूलाई समस्या हुनु नपर्ने हो।”

उनले लोकतान्त्रिक व्यवस्थामा विचार व्यक्त गर्दा ज्यान मार्ने र बलात्कारसम्मका धम्की सामना गर्नुपर्ने अवस्था आउनु गम्भीर विषय भएको टिप्पणी गरिन्।

ओलीले यस्ता धम्की व्यक्तिगत नभई समग्र सनातन धर्ममाथिको आक्रमणको रूपमा लिनुपर्ने धारणा समेत राखिन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय