२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को हालैको अभिव्यक्तिलाई लिएर कडा टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभामा बोल्दै उनले उक्त अभिव्यक्तिको पैरवी सेना र सत्ता पक्षका सांसदहरूले समेत गरिरहेको आरोप लगाए।

उनका अनुसार प्रधानमन्त्रीको भनाइलाई स्थापित गर्न सत्ता पक्षका सांसदहरू मेचीदेखि महाकालीसम्म तथ्य खोज्दै हिँडिरहेको जस्तो अवस्था देखिएको छ।

बादलले भने, “यो वक्तव्यको सेनाहरूले पनि पैरवी गरिरहेका छन्। सत्ता पक्षका सांसदहरूले पनि यो वक्तव्यलाई स्थापित गर्न यसको समर्थनमा तथ्य खोज्दै मेचीदेखि महाकालीसम्म हिँडिराख्नुभएको छ।”

उनले रास्वपा सांसद अमरेशकुमार सिंहले दिएको ‘नेपाल पाकिस्तानी मोडेलतर्फ उन्मुख छ कि छैन’ भन्ने अभिव्यक्तिलाई पनि स्मरण गर्दै देशको राजनीतिक अवस्था गम्भीर दिशातर्फ जान सक्ने आशंका व्यक्त गरे।

थापाले प्रधानमन्त्रीले आफैं रोष्ट्रममा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार जबसम्म प्रधानमन्त्रीले गल्ती सच्याउँदैनन्, तबसम्म वर्तमान राजनीतिक संकट समाधान नहुने देखिन्छ।

यस्तै उनले परराष्ट्रमन्त्री शिशिर खनालले सदनमा दिएको स्पष्टीकरणप्रति पनि असहमति जनाउँदै त्यो स्पष्टीकरण प्रधानमन्त्रीबाट आउनुपर्ने धारणा राखे।

उनले सभामुखको भूमिका र सदनमा उठेका विषयमा स्पष्ट निर्देशन आवश्यक रहेको उल्लेख गर्दै जबसम्म शीर्ष तहबाट स्पष्टता आउँदैन, समस्या समाधान कठिन हुने बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय