२०८३ जेष्ठ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जेठ १७ गते प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्।

बुधबार प्रतिनिधिसभामा सभामुखसँग समय लिएर उनले उक्त विषयबारे सरकारको आधिकारिक धारणा प्रस्तुत गर्दै सीमा विवादलाई ऐतिहासिक सन्धि, नक्सा र कूटनीतिक वार्तामार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री खनालका अनुसार नेपाल–भारतबीचको खुला सीमाका कतिपय क्षेत्रहरूमा ‘क्रस होल्डिङ’को अवस्था रहेको छ, जहाँ दुबै देशका नागरिकहरूले परम्परागत रूपमा वारिपारि खेतीपाती गर्दै आएको अवस्था छ। प्रधानमन्त्रीको अभिव्यक्ति त्यही वास्तविकतासँग सम्बन्धित रहेको उनले बताए।

उनले सीमा सम्बन्धी विषय सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै सोही ऐतिहासिक आधारलाई ध्यानमा राखेर प्रधानमन्त्रीले सन्दर्भ उठाएको स्पष्ट पारे।

परराष्ट्रमन्त्री खनालले भने, “यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौँ। तर ऐतिहासिक सन्दर्भका केही सामग्री आवश्यक परेमा समस्या समाधानका लागि उपयोग हुन सक्छन् भन्ने सन्दर्भ मात्र प्रधानमन्त्रीले इङ्गित गर्नुभएको हो।”

सरकारले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धलाई ध्यानमा राख्दै आपसी समझदारी र कूटनीतिक संवादमार्फत सीमा सम्बन्धी सबै विषय समाधान गर्ने नीति लिएको पनि उनले दोहोर्‍याए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय