२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

काठमाडौंको बौद्ध क्षेत्रमा एक वृद्धमाथि कैँची प्रहार गरी घाइते बनाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–१ नारायणथानका ३४ वर्षीय टाइसन लामा उर्फ टाइजन याजाकीलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार जेठ २४ गते दिउँसो करिब १२ः३५ बजे काठमाडौं महानगरपालिका–६ बौद्धस्थित फूलबारी हिमालयन जाभा पछाडिको सडकमा उनले बौद्धको सानो टुसाल निवासी ७९ वर्षीय वृद्धमाथि कैँची प्रहार गरेका थिए।

घटनामा घाइते भएका वृद्धलाई तत्काल उद्धार गरी स्तुपा सामुदायिक अस्पताल, चुच्चेपाटी लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका याजाकीमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय