२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापतिको निर्वाचनमा पराजित भएपछि गोमा तामाङ (सरिन) ले राजनीतिबाट अलग हुने घोषणा गरेकी छन्।

रास्वपा कोशी प्रदेशको प्रथम प्रादेशिक अधिवेशनबाट चन्द्र राई सभापतिमा निर्वाचित भएपछि सरिनले सामाजिक सञ्जालमार्फत राजनीति छाड्ने निर्णय सार्वजनिक गरेकी हुन्।

निर्वाचनमा पराजयपछि उनले फेसबुकमा लेखेकी छन्, ‘आजबाट राजनीतिक बिट मारें। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार चन्द्र राई २८० मतसहित सभापतिमा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी सरिन तामाङले १४१ मत प्राप्त गरिन्।

यस्तै, अन्य उम्मेदवार खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गरेका थिए।

अधिवेशनमा कुल ७०२ मत खसेको थियो। रास्वपाभित्र सक्रिय नेतृका रूपमा परिचित सरिनले निर्वाचन परिणाम सार्वजनिक भएसँगै अप्रत्याशित रूपमा राजनीति छाड्ने घोषणा गरेकी हुन्।

उनी यसअघि रास्वपा कोशी प्रदेशकी कार्यवाहक सभापति थिइन्। गत प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवार बनेकी उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भएकी थिइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय