२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु विनियोजन विधेयक कुनै कम्युनिस्ट पार्टीको कार्यक्रम नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दृष्टिकोणअनुसार तयार गरिएको बजेट भएको दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले बजेटको मुख्य लक्ष्य गरिबी घटाउने, श्रमिकलाई सुरक्षित रोजगारीमा जोड्ने र मध्यम वर्ग विस्तार गर्ने रहेको बताए।

उनले मध्यम वर्गप्रति कुनै पूर्वाग्रह नराख्न पनि आग्रह गरे।

‘गरिबी घटाउने उपाय भनेको स्थायी रोजगारी हो,’ अर्थमन्त्री वाग्लेले चीनको उदाहरण दिँदै भने, ‘चीनले समावेशी आर्थिक वृद्धिबाट २०–२५ वर्षमा ८० करोड मानिसलाई गरिबीबाट माथि उठाएको छ।’

उनले नेपालमा गरिबी घट्नुमा रेमिट्यान्स मुख्य कारण भएको उल्लेख गर्दै सरकारी कार्यक्रमको प्रभाव सीमित रहेको पनि बताए।

‘नेपालमा पनि गरिबी घटेको छ, तर मुख्यतः रेमिट्यान्सले हो,’ उनले भने।

अर्थमन्त्री वाग्लेले बजेटलाई सहायता केन्द्रित नभई अवसर केन्द्रित बनाइएको दाबी गरे। उनका अनुसार राज्यको उद्देश्य गरिबी व्यवस्थापन होइन, समृद्धि सिर्जना हो।

‘गरिबलाई राहत मात्रै होइन, आम्दानी बढाउने अवसर सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘यो बजेट वितरण होइन, उत्पादन र रोजगारी केन्द्रित छ।’

उनले श्रम क्षेत्र सुधारलाई पनि बजेटको मुख्य प्राथमिकतामा राखिएको बताए। राष्ट्रिय श्रम दर्ता प्रणाली, अनिवार्य श्रम सम्झौता, न्यूनतम ज्याला कार्यान्वयन, बैंकमार्फत पारिश्रमिक भुक्तानी, बिमा र कार्यस्थल सुरक्षाजस्ता व्यवस्था समावेश गरिएको उनले जानकारी दिए।

‘यी कुनै कम्युनिस्ट पार्टीको कार्यक्रम होइन,’ उनले भने, ‘यो रास्वपाले अघि सारेको नीति हो।’

श्रम मन्त्रालयलाई वैदेशिक रोजगारी व्यवस्थापनमा मात्र सीमित नराखी देशभित्रै रोजगारी सिर्जना गर्ने दिशामा रूपान्तरण गर्ने लक्ष्य रहेको पनि उनले बताए।

अर्थमन्त्री वाग्लेले समग्र बजेट समतामूलक आर्थिक नीतिमा आधारित रहेको दाबी गर्दै भने, ‘हामीले अब बायस होइन, समावेशी दृष्टिकोणबाट आर्थिक नीति अघि सारेका छौँ।’

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय