२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सरकारले बजेटमा करका दर हेरफेर गरेको विवादमा मुछिएका अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि तत्काल छानबिन गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्री वाग्लेको स्पष्टीकरण नै पर्याप्त रहेको बताएका हुन्।

प्रवक्ता पोखरेलका अनुसार अर्थमन्त्रीले आफ्नो विषयमा उठेका प्रश्नको जवाफ संसद र सम्बन्धित संसदीय समितिमा पहिले नै दिइसकेकाले थप छानबिनको आवश्यकता नदेखिएको सरकारको निष्कर्ष छ।

मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले भने, “अर्थमन्त्रीज्यूले सदन र समितिमा यसबारे प्रस्ट पारिसक्नुभएको छ। हाललाई योभन्दा बाहेक थप केही गर्नुपर्ने आवश्यकता सरकारले महसुस गरेको छैन।”

बजेट प्रस्तुत भएपछि करका दरमा भएको भनिएको हेरफेरलाई लिएर विपक्षी दल तथा केही सांसदहरूले प्रश्न उठाउँदै आएका थिए। तर सरकारले भने उक्त विषयमा अर्थमन्त्रीले स्पष्टता दिइसकेको भन्दै विवादलाई औपचारिक रूपमा टुंग्याउने संकेत गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय