२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै बजेट पुनर्लेखन आगामी वर्ष मात्र हुने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सांसदहरूको टिप्पणीप्रति व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिएका हुन्।

एमाले सांसद राजेन्द्र राईले बजेट पुनर्लेखन गर्नुपर्ने माग राखेपछि अर्थमन्त्री वाग्लेले प्रत्यक्ष रूपमा जवाफ दिँदै भने, “बजेटको पुनर्लेखन हुन्छ, अर्को वर्ष।”

उनले सांसदहरूले विनियोजन विधेयकको सामग्री राम्रोसँग अध्ययन नगरेको जस्तो देखिएको टिप्पणीसमेत गरे।

अर्थमन्त्री वाग्लेले भने, “विनियोजन विधेयकको पातलो पुस्तिका छ। माननीयज्यूहरूले धेरैले पाउनुभएन जस्तो बुझें मैले। पाउनुभएको भए पनि त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा समग्र बजेटको विनियोजन सुनेको भरमा धेरै कुरा गर्नुभयो कि जस्तो लाग्यो।”

उनका अनुसार विधेयकलाई राम्रोसँग अध्ययन गरेर छलफल भएको भए बहस अझ बढी केन्द्रित र परिणाममुखी हुन सक्थ्यो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय