२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंमा मतदान हुँदैछ।

यसअघि हेटौंडामा गर्ने तयारी गरिएको अधिवेशन आन्तरिक विवाद तथा व्यवस्थापकीय कारणले काठमाडौं सारिएको थियो। विवादका कारण केही दिन रोकिएको अधिवेशनको निर्वाचन प्रक्रिया आजबाट अघि बढ्न लागेको हो।

आजको मतदानबाट प्रदेश सभापतिसहित विभिन्न पदाधिकारी र सदस्यहरूको चयन गरिनेछ। प्रदेश नेतृत्वका लागि निवर्तमान सभापति अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा छन्।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार काठमाडौंको धुम्बाराहीमा प्रदेश नेतृत्व चयनका लागि मतदान हुनेछ।

यसअघि जेठ २७ गते प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै स्थगित गरिएको निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन र प्राविधिक परीक्षणलगायतका काम सम्पन्न भएपछि मतदानको नयाँ मिति तय गरिएको हो।

धुम्बाराहीस्थित शंखपार्कको स्मार्ट दरबार पार्टी प्यालेसमा मतदान हुनेछ। निर्वाचन समितिका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।

मतदान प्रक्रिया विद्युतीय माध्यमबाट सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय