२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह | हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन |

नेकपा (एमाले) को संविधान संशोधन सुझाव कार्यदलले संविधान संशोधनसम्बन्धी प्रस्ताव तयार गर्न राजनीतिक तथा सामाजिक क्षेत्रबाट सुझाव संकलन गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित सुझाव संकलन गर्ने निर्णय गरेको हो।

बैठकले संविधान कार्यान्वयनका क्रममा प्राप्त अनुभवका आधारमा यसको सबल र कमजोर पक्षको समीक्षा गर्दै देखिएका जटिलतासहित पुनरवलोकनसम्बन्धी प्रस्ताव तयार गर्ने निर्णय पनि गरेको छ।

त्यसका लागि संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्ने विस्तृत कार्ययोजना र कार्यतालिका तयार गर्न अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ।

कार्यदलका सचिव महेशकुमार बर्तौलाका अनुसार उपसमितिमा रमेश बडाल, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्। उपसमितिले सुझाव संकलनको कार्ययोजना तथा विस्तृत कार्यतालिका आगामी बैठकमा प्रस्तुत गर्नेछ।

बैठकले महेशकुमार बर्तौलालाई कार्यदलको सचिवको जिम्मेवारी पनि दिएको छ। साथै, संविधान संशोधनका विषयमा अन्य राजनीतिक दल तथा विभिन्न दलले गठन गरेका कार्यदलहरूसँग संवाद, छलफल र अन्तरक्रिया गर्ने पहल गर्ने निर्णयसमेत गरेको छ।

यसअघि एमाले सचिवालय बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको थियो।

कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र राजेन्द्र घिमिरे सदस्य रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय