२०८३ असार ५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसदको रोष्ट्रमबाट ज्ञानेन्द्र शाहीको अर्थमन्त्री वाग्लेप्रति व्यंग्य ' शैक्षिक योग्यतानै इमानदारी होइन' | शिक्षामन्त्री पोखरेलद्वारा १५ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक | महाधिवेशनअघि रविको ‘पावर बुस्ट' : रवि लामिछाने रास्वपाका सर्वशक्तिशाली सभापति बन्दै | दक्षिण कोरियामाथि जित निकाल्दै मेक्सिको विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली | ३५ दिनमै सार्वजनिक भयो कक्षा १२ को नतिजा | राहदानी छपाइ अनियमितता अनुसन्धानमा आरजु राणालाई अख्तियारको तीन दिनको म्याद | रुपन्देही मुद्दाको तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने | रास्वपा महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता | अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ | आज प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी मन्त्रीहरूले दिदैछन जवाफ |

चर्चित नेपाली सेफ सन्तोष साह दुई दिनदेखि प्रहरी हिरासतमा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई र उनका व्यवसायिक साझेदारमध्ये एक नारायण साह सुडीलाई जेठ २९ गते राति जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि दुवैजनालाई नियन्त्रणमा लिइएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्। हाल उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।

प्रहरीका अनुसार साहविरुद्ध बैंकिङ कसुर र ठगीसम्बन्धी उजुरी परेको थियो। यही मुद्दामा अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई अदालतमा उपस्थित गराई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्ने तयारी प्रहरीले गरेको छ।

प्रहरी स्रोतका अनुसार अदालतबाट पक्राउ अनुमति जारी भएको जानकारी पाएपछि साह काठमाडौं छाडेर जनकपुर पुगेका थिए। लामो समयसम्म काठमाडौं नफर्किएपछि अनुसन्धान टोली जनकपुर पुगेर उनलाई नियन्त्रणमा लिएको थियो।

साहविरुद्ध शकुन्तला अधिकारी थापाले उजुरी दिएकी थिइन्। उक्त उजुरीका आधारमा जिल्ला अदालतले जेठ २३ गते पक्राउ पुर्जी जारी गरेको थियो।

अनुसन्धानका क्रममा गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद–बिक्रीको विषयमा विवाद भएको खुलेको छ। रेस्टुरेन्ट सञ्चालक शकुन्तला थापा र सन्तोष साहबीच रेस्टुरेन्ट बिक्री गर्ने सहमति भएको थियो। सहमतिअनुसार साहले रेस्टुरेन्ट खरिद गर्ने र रकम भुक्तानी गर्ने समझदारी भएको बताइएको छ।

प्रहरीका अनुसार साहले सुरुमा केही रकम नगद दिएका थिए भने बाँकी रकमका लागि चेक उपलब्ध गराएका थिए। तर, निर्धारित समयमा चेक साटिन नसकेपछि विवाद सुरु भएको थियो।

पटक–पटकको छलफल र आग्रहपछि पनि रकम भुक्तानी नभएको भन्दै पीडित पक्षले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरी कार्यालयमा भएको छलफलका क्रममा रकम तिर्ने प्रतिबद्धता जनाइएको भए पनि कार्यान्वयन नभएको आरोप उजुरीकर्ताको छ।

सिरहाका ४१ वर्षीय सन्तोष साह ‘बीबीसी मास्टरसेफ द प्रोफेसनल्स २०२०’ मा सेकेन्ड रनरअप बनेपछि चर्चामा आएका थिए। नेपाल फर्किएपछि उनले जनकपुर, ललितपुरको झम्सीखेल र काठमाडौंमा ‘मिथिला थाली’ रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्।

प्रहरीले साहविरुद्ध दर्ता भएको बैंकिङ कसुर र ठगीसम्बन्धी मुद्दामा थप अनुसन्धान जारी रहेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय