२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह | हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन |

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रहरीको पछिल्लो कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले राष्ट्रिय स्वाभिमान र नागरिक सुरक्षासम्बन्धी विषय उठाएका हुन् । उनले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले संसद्मा दिएको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग अझै कायम रहेको उल्लेख गर्दै उनले उक्त अभिव्यक्ति अभिलेखबाट हटाउने निर्णयको प्रतीक्षा गरिरहेको बताए ।

सांसद राईले सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) बाट भएको भनिएको अतिक्रमण र नेपाली नागरिकमाथि भएको धाकधम्कीको विरोधमा उत्रिएका युवामाथि भएको कारबाहीप्रति पनि असन्तुष्टि जनाए ।

उनले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा सहभागी अजय सोदारी र बिरजन विकलाई नियन्त्रणमा लिएर झुट्टा मुद्दा लगाउने प्रयास भएको आरोप लगाउँदै गृहमन्त्रीको ध्यानाकर्षण गराए । देशभक्त युवाहरूलाई दुःख नदिन र तत्काल रिहा गर्न उनले माग गरे ।

प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसद राईले विद्यार्थीहरूको मोबाइल खोसेर नष्ट गरिएको तथा एक विपन्न टेम्पो चालकको सवारीसाधन भीरबाट खसालिएको घटनाको आलोचना गरे । उनले पीडित चालकलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरे ।

सुरक्षाकर्मीबाटै सर्वसाधारणको घरको छानामा ढुंगा प्रहारजस्ता गतिविधि भइरहेको उल्लेख गर्दै उनले प्रहरीको उपस्थितिमा नागरिकले सुरक्षाको सट्टा त्रास महसुस गर्नु लोकतन्त्रका लागि गम्भीर विषय भएको बताए ।

प्रहरी देख्दा नागरिकले सुरक्षा, विश्वास र शान्तिको अनुभूति गर्ने वातावरण बनाउन तथा लोकतन्त्रको प्रत्याभूति सुनिश्चित गर्न सांसद राईले सरकारसँग माग गरेका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय