२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

पा एमालेकी नेतृ तथा सांसद पद्मा अर्यालले एमालेसँग जोडिएका भनिएका सबै प्रकरणको फाइल खोलेर अनुसन्धान गर्न सरकारलाई आग्रह गरेकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले गिरीबन्धु टी–स्टेट, ओम्नी र वाइडबडी प्रकरणको छानबिन गर्न सरकारलाई खुला चुनौती दिएकी हुन्।

यसअघि बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्य दलसँग सम्बन्धित फाइलहरू पनि खुल्न सक्ने संकेत गरेका थिए। त्यसैको जवाफ दिँदै अर्यालले धम्की दिने शैली उपयुक्त नभएको बताउँदै वास्तविकता सार्वजनिक गर्न फाइल खोल्न आग्रह गरिन्।

प्रतिनिधिसभा बैठकमा उनले भनिन्, “उहाँले फाइल खोल्ने धम्की कसलाई दिनुभएको हो ? गिरीबन्धु टी–स्टेटको फाइल पहिलो नम्बरमै खोलियोस्। त्यसपछि विपक्षीसँग जोडिएका ओम्नी र वाइडबडीको फाइल पनि खोलियोस्। साँच्चै सत्य के हो, देशले थाहा पाओस्।”

अर्यालले सरकारका जिम्मेवार व्यक्तिहरूले सार्वजनिक रूपमा आरोप लगाउने र फाइल खोल्ने नाममा धम्की दिने काम उचित नभएको टिप्पणी गरिन्।

“सरकारकै जिम्मेवार व्यक्तिहरू, मन्त्रीहरू नै आरोप लगाउने, धम्क्याउने र आवाज कमजोर बनाउन विभिन्न काण्डका फाइल देखाउने कुरा गरिरहेका छन्। यो सरासर गलत र खेदजनक विषय हो,” उनले भनिन्।

एमालेसँग सम्बन्धित भनिएका सबै विषयमा निष्पक्ष अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउनुपर्ने उनको जोड थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय