२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणाधीन संसद् हलको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार संसद् सचिवालयका कर्मचारीसहित निर्माणाधीन संसद् भवनको निरीक्षणमा पुगेका सभामुख अर्यालले काम सम्पन्न हुने यकिन मिति तत्काल दिन सम्बन्धित पक्षलाई निर्देशन दिएका हुन्।

गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने तयारी रहे पनि भवन निर्माण कार्य अझै सम्पन्न नभएको भन्दै उनले गम्भीर चासो व्यक्त गरे। निर्धारित समयमै काम नसकिए दैनिक एक करोड रुपैयाँसम्म जरिवाना तिराउन सकिने चेतावनी समेत उनले दिएका छन्।

निरीक्षणका क्रममा सभामुख अर्यालले सहरी विकास मन्त्री र मन्त्रालयका सचिवलाई तत्काल समन्वय गरी निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए।

निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनले भने, “रातदिन काम गरेर भए पनि बोलेको कुरा पूरा गर्नुपर्छ। बहाना बनाइरहनुहुन्छ। तपाईंहरूले हामीलाई नटेरेको होला, तर यो राष्ट्रकै अपमान हो। अब मलाई स्पष्ट निष्कर्ष चाहियो।”

सभामुख अर्यालले निर्माण कम्पनी तथा सम्बन्धित निकायलाई काम सम्पन्न हुने निश्चित समयसीमा सार्वजनिक गर्न र सोहीअनुसार काम अघि बढाउन आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय