
प्रतिनिधिसभाको बैठक मन्त्रीहरूको अनुपस्थितिका कारण केही समय अवरुद्ध भएपछि १५ मिनेटका लागि स्थगित गरिएको छ।
बजेटमाथिको मन्त्रालयगत छलफल चलिरहँदा सम्बन्धित मन्त्रीहरू सदनमा उपस्थित नभएको भन्दै सांसदहरूले आपत्ति जनाएपछि सभामुखले बैठक रोक्ने निर्णय गरेका हुन्।
सदनमा ९ वटा मन्त्रालयको बजेटमाथि छलफल भइरहेका बेला केवल ३ जना मन्त्री मात्र उपस्थित भएको देखिएपछि विपक्षी सांसदहरूले मन्त्रीहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्न माग गरेका थिए।
सांसदहरूले मन्त्रालयगत छलफलजस्तो महत्वपूर्ण प्रक्रियामा मन्त्रीहरू अनुपस्थित रहनु अस्वीकार्य भएको भन्दै कडा आपत्ति जनाएका थिए।
यसअघि पनि हिजोको बैठकमा एमाले सांसद राजेन्द्र राई रोष्ट्रममा उभिएर लामो समय बसेपछि सभामुखले बैठक रोकेर मन्त्रीहरूलाई सदनमा उपस्थित गराउन निर्देशन दिएका थिए।
मन्त्रीहरूको निरन्तर अनुपस्थितिले बजेट छलफल प्रभावित हुँदै गएको भन्दै संसदभित्र असन्तुष्टि बढ्दै गएको देखिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
