२०८३ असार ४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता | अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ | आज प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी मन्त्रीहरूले दिदैछन जवाफ | केनको दुई गोलमा इंग्ल्याण्डको शानदार जित क्रोएसियालाई ४–२ ले हरायो | रास्वपा महाधिवेशनको चटारो जर्मन प्रविधिको विशाल डोम निर्माण हुँदै | निजामती कर्मचारीको ५५ वर्षे उमेर हद संसद्ले निर्णय गर्ने, मन्त्री रावलको स्पष्टोक्ति | रास्वपा महाधिवेशन लक्षित चितवनका होटलको विशेष अफर | झापाका चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द हुने | प्रधानमन्त्री र मन्त्रीहरूकै अभिव्यक्ति अराजक बन्दै गएको सांसद शर्माको आरोप | नेपाल टेलिभिजनका उपकरण खरिदबारे छानबिन सुरु, मन्त्रालयले गठन गर्‍यो समिति |

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त कार्यविधि पारित गरेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट आवश्यक सहमति प्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि स्वीकृत गरेको हो। यससँगै विगतदेखि देखिँदै आएको कानुनी अस्पष्टता र व्यवस्थापनसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको छ।

नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएपछि आयोगलाई आवश्यक निर्देशिका तथा कार्यविधि बनाउने कानुनी आधार प्राप्त भएको थियो।

यसअघि विधायन ऐन, २०८१ को दफा ३५ का कारण आयोगका पुराना निर्देशिका तथा कार्यविधि स्वतः अमान्य भएको अवस्था सिर्जना भएपछि कानुनी रिक्तता देखिएको थियो।

उक्त समस्याको समाधानका लागि असार १ गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहित सहमति प्राप्त भएपछि नयाँ कार्यविधि अघि बढाइएको हो।

नयाँ कार्यविधिअनुसार सार्वजनिक शिक्षण संस्थाहरूलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै स्नातकोत्तर तह (डीएम, एमसिएचसमेत) मा समेत निःशुल्क छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित संस्थालाई अनुदान उपलब्ध गराइनेछ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता सहअध्यक्षका रूपमा सहभागी थिइन्। आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी तथा अन्य सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय