२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

चर्चित सेफ सन्तोष साहलाई प्रहरीले पक्राउ गरेर पछि हाजिरी जमानीमा रिहा गरेपछि उनको सचिवालयले घटनाबारे कडा प्रतिक्रिया दिएको छ। सचिवालयले मात्र ४ लाख ५० हजार रुपैयाँको विषयलाई लिएर गरिएको पक्राउलाई “मानमर्दन र योजनाबद्ध षड्यन्त्र” भएको आरोप लगाएको छ।

सचिवालयका अनुसार साह जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत जाने तयारीमा रहेका बेला अचानक पक्राउ गरिएको हो।

‘हामी उच्च अदालत जाने कानुनी प्रक्रियामा थियौँ, जुन हाम्रो अधिकार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर त्यसको हदम्याद रहँदै षड्यन्त्रपूर्वक पक्राउ गरियो।’

“बैंकिङ भुक्तानी पहिले नै भएको थियो”– सचिवालयको दाबी

सचिवालयले विवादित २५ लाख रुपैयाँको विषयबारे विस्तृत स्पष्टीकरण पनि दिएको छ। उनीहरूका अनुसार उक्त रकम विभिन्न बैंक चेकमार्फत पहिले नै भुक्तानी भइसकेको छ।

विज्ञप्तिमा भनिएको छ, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल बैंकमार्फत गरी कुल २८ लाख २५ हजार रुपैयाँसम्म भुक्तानी गरिएको दाबी गरिएको छ।

सचिवालयले रकम व्यक्तिगत खातामा माग गरिएको तर सम्झौताअनुसार कम्पनीकै नाममा भुक्तानी गरिएको स्पष्ट पारेको छ।

“रेस्टुरेन्ट खरिद–बिक्रीमा सबै कानुनी प्रक्रिया पूरा”

सन्तोष साहको सचिवालयले गैरीधारास्थित रेस्टुरेन्ट खरिद–बिक्री कानुनी रूपमा भएको दाबी गरेको छ। उनीहरूको भनाइअनुसार आर्जव होल्डिङ्स प्रालिबाट ‘सिला’ रेस्टुरेन्टको सम्पत्ति २ करोड २५ लाख रुपैयाँमा खरिद गरिएको हो।

त्यस क्रममा घरभाडा, विद्युत् महसुल र बैंक ऋण समेत साहको टिमले भुक्तानी गरेर सहजीकरण गरेको उल्लेख छ।

सचिवालयले थप आरोप लगाउँदै भनेको छ कि कर चुक्ता र बिल कागजात नदिइएको कारण विवाद बढेको हो।

पक्राउबारे कडा आपत्ति

सचिवालयले साहलाई “फरार” भनेर चित्रण गरिएकोमा पनि आपत्ति जनाएको छ।

‘एक हप्ता अघि उहाँ भद्रकाली प्रहरी कार्यालयमै उपस्थित हुनुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो अवस्थामा पनि पक्राउ गर्नुको कारण भविष्यमा स्पष्ट हुने छ।’

सचिवालयले साहको इज्जत र प्रतिष्ठा क्षति पुर्‍याउने उद्देश्यले घटना गरिएको दाबी गर्दै थप कानुनी प्रक्रिया अघि बढाइने संकेत गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय