२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रतिनिधिसभामा सभामुख प्रवेश गर्दा आसनबाट नउठेको घटनाले संसदीय मर्यादा र आचरणबारे नयाँ बहस सुरु भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख डोलप्रसाद अर्याल बैठक कक्षमा प्रवेश गर्दा भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्साल र अर्थमन्त्री स्वर्णिम वाग्ले आफ्नो आसनबाट नउठेको देखिएको थियो। सोही घटनापछि संसदभित्र मर्यादा र नियम पालनाबारे चर्चा चुलिएको हो।

यस विषयलाई लिएर नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाएका थिए। उनले प्रतिनिधिसभा नियमावलीको नियम २० (क) स्मरण गराउँदै सभामुख प्रवेश गर्दा सांसद र मन्त्रीहरूले उठेर सम्मान प्रकट गर्नुपर्ने व्यवस्था रहेको बताएका थिए।

महरले उक्त विषयमा सभामुखको ध्यानाकर्षण गराउँदै संसदीय मर्यादाको पालना हुनुपर्ने बताएका थिए।

यसअघि बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने क्रममा विपक्षी सांसद गोपाल शर्माले सम्बन्धित मन्त्रीहरू उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि सभामुखले बैठक केही समयका लागि स्थगित गरेका थिए।

पछि मन्त्रीहरूको उपस्थिति सुनिश्चित भएपछि बैठक पुनः सञ्चालन गरिएको थियो।

सभामुख प्रवेश गर्दा दुई मन्त्री नउठेको घटनापछि संसदभित्र संसदीय संस्कार, औपचारिक आचरण र नियमको पालनाबारे बहस तीव्र बनेको छ। यस घटनाले संसदमा मर्यादा सम्बन्धी विषय फेरि एकपटक चर्चामा आएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय