२०८३ असार ४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
राहदानी छपाइ अनियमितता अनुसन्धानमा आरजु राणालाई अख्तियारको तीन दिनको म्याद | रुपन्देही मुद्दाको तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने | रास्वपा महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता | अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ | आज प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी मन्त्रीहरूले दिदैछन जवाफ | केनको दुई गोलमा इंग्ल्याण्डको शानदार जित क्रोएसियालाई ४–२ ले हरायो | रास्वपा महाधिवेशनको चटारो जर्मन प्रविधिको विशाल डोम निर्माण हुँदै | निजामती कर्मचारीको ५५ वर्षे उमेर हद संसद्ले निर्णय गर्ने, मन्त्री रावलको स्पष्टोक्ति | रास्वपा महाधिवेशन लक्षित चितवनका होटलको विशेष अफर | झापाका चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द हुने |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। महाधिवेशनको उद्घाटनस्थल निर्माण कार्य यतिबेला द्रुत गतिमा अघि बढाइएको छ।

भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै आवश्यक संरचना निर्माणको कामलाई तीव्रता दिइएको हो।

उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण भइरहेको छ। डोमको छानो विशेष वाटरप्रुफ टेन्साइल फेब्रिकबाट तयार गरिने जनाइएको छ, जसले घाम, पानी र हावाबाट सहभागीलाई सुरक्षित राख्नेछ।

निर्माणको जिम्मा मिडिया स्पेस सोलुसन काठमाडौंले लिएको छ। कम्पनीका प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर एउटा ठूलो हल निर्माण गरिनेछ।

उक्त संरचनाभित्र एलइडी स्क्रिन, पङ्खा, कुलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त स्थान रहने व्यवस्था मिलाइएको छ। सहभागीहरूले डोमभित्रबाट सहज रूपमा मञ्च अवलोकन गर्न सक्ने गरी संरचना निर्माण भइरहेको बताइएको छ।

भट्टराईका अनुसार अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रममा प्रयोग हुने प्रविधिअनुसार बलियो, सुरक्षित तथा मौसम प्रतिरोधी संरचना निर्माण भइरहेको छ। महाधिवेशन नजिकिएकाले निर्माण कार्यलाई तीव्रता दिइएको उनले बताए।

महाधिवेशनमा सहभागी तथा आगन्तुकका सवारीसाधनका लागि केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङको व्यवस्था गरिने रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए।

रास्वपाले उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताका साथै छिमेकी मुलुकका प्रतिनिधिलाई समेत आमन्त्रण गरेको जनाएको छ।

महाधिवेशनको बन्दसत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। उद्घाटन सत्र गेष्टहाउस चौरमा सञ्चालन हुनेछ भने बन्दसत्र चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजना गरिने तयारी गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय