२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको छ।

अमेरिकाको डालास रंगशालामा सम्पन्न खेलमा इंग्ल्याण्डले आक्रामक प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

खेलको १२औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए। तर ३६औँ मिनेटमा क्रोएसियाका मार्टिन बुटुरिनाले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए।

त्यसपछि ४२औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयमा क्रोएसियाका पिटर मुसाले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफ सुरु भएको दुई मिनेटमै जुड बेलिङ्हमले गोल गर्दै इंग्ल्याण्डलाई ३–२ को अग्रता दिलाए। त्यसपछि खेलको ८५औँ मिनेटमा मार्कस र्यासफोडले अर्को गोल थपेपछि इंग्ल्याण्डले जित सुनिश्चित गर्यो।

बाँकी समयमा थप गोल हुन नसकेपछि खेल ४–२ को नतिजासहित इंग्ल्याण्डको पक्षमा समाप्त भयो।

प्रतियोगिताअन्तर्गत हाल घाना र पानामाबीच प्रतिस्पर्धा भइरहेको छ। यस्तै आज बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच खेल हुने तालिका रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय