२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थुनेर राहदानी विभागका महानिर्देशकविरुद्ध पक्राउ पुर्जी जारी गर्न दबाब दिइएको भन्ने विषयमा प्रधानमन्त्री बालेन शाहको धारणा माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले उक्त विषय गम्भीर भएकाले प्रधानमन्त्रीले सदनलाई सत्यतथ्य जानकारी गराउनुपर्ने बताए।

सांसद केरुङले पत्रकार सीताराम बरालले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री कार्यालय परिसरबाट प्रत्यक्ष प्रसारण गर्दै उक्त विषय उठाएको उल्लेख गरे। उनले सरकारको कार्यशैलीबारे गम्भीर प्रश्न उठेको भन्दै स्पष्ट जवाफ आवश्यक रहेको बताए।

‘नागरिक सर्वोच्चता भएको मुलुकमा लोकतन्त्र र सुशासनको नारा दिएर स्थापित भएको सरकारको कार्यशैलीबारे लज्जाजनक विषय बाहिर आएको छ,’ उनले भने, ‘संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर त्यहीँबाट पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइएको र नमाने थुन्ने धम्की दिइएको भन्ने कुरा सार्वजनिक भएको छ। यसको सत्यतथ्य बाहिर आउनुपर्छ।’

उनले यस विषयमा प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्ने र आवश्यक परे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि गरे।

सांसद केरुङले संवैधानिक निकायका आफ्नै अधिकार, जिम्मेवारी र कार्यक्षेत्र हुने उल्लेख गर्दै त्यस्ता निकायमाथि कुनै प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताए।

हालै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएर बयान लिएको घटनाको पृष्ठभूमिमा उक्त विषय संसद्मा उठाइएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय