२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

पासपोर्ट छपाइमा भएको भनिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ।

आयोगले दुई दिनअघि बूढानीलकण्ठस्थित देउवा निवासमा म्याद तामेलीको सूचना टाँसेर बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो।

सूचनाअनुसार सूचना बुझेको वा घरदैलोमा टाँस गरिएको मितिदेखि बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा उपस्थित भएर बयान दिन भनिएको छ।

अख्तियारले जारी गरेको सूचनामा राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीमाथि अनुसन्धान भइरहेकाले बयान आवश्यक परेको उल्लेख गरिएको छ। साथै तोकिएको समयभित्र उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

आरजु राणा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। उनीहरू हाल हङकङमा रहेको बताइएको छ।

यसै प्रकरणमा अख्तियारले हालै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित केही कर्मचारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई पनि बयानका लागि बोलाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय