२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

फिफा विश्वकप २०२६ को सहआयोजक राष्ट्र मेक्सिको जारी प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।

शुक्रबार बिहान भएको समूह ‘ए’ अन्तर्गतको खेलमा दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित गर्दै मेक्सिकोले एक खेल बाँकी रहँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

ग्वाडलाजारा स्टेडियममा सम्पन्न खेलमा मेक्सिकोका लागि लुइस लोरोले ५०औँ मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो। उक्त गोलसँगै मेक्सिकोले महत्वपूर्ण तीन अंक हात पार्न सफल भयो।

यस जितसँगै मेक्सिकोले दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थान कायम राखेको छ। यसअघि पहिलो खेलमा उसले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको थियो।

मेक्सिकोले अब समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकसँग प्रतिस्पर्धा गर्नेछ।

पराजित दक्षिण कोरियाको भने नकआउट चरण पुग्ने सम्भावना अझै बाँकी छ। पहिलो खेलमा चेक रिपब्लिकलाई २–१ गोलले हराएको दक्षिण कोरियासँग हाल ३ अंक छ।

समूहका अन्य टोली दक्षिण अफ्रिका र चेक रिपब्लिकले एक–एक अंक जोडेका छन्। दुवै टोलीको एक खेल बाँकी रहेकाले उनीहरूको पनि नकआउट चरण प्रवेशको सम्भावना जीवित रहेको छ।

मेक्सिको सन् २०१८ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो। तर सन् २०२२ को विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो। यसपटक घरेलु समर्थकको साथमा उसले उत्कृष्ट सुरुआत गर्दै नकआउट चरणको यात्रा तय गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय