२०८३ असार ७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
‘प्रिय रविजी...’ भन्दै गगन थापाले रास्वपालाई पठाए महाधिवेशन सफलताको शुभकामना | आजको मौसम : कोशीमा मेघगर्जनसहित भारी वर्षा, लुम्बिनी–सुदूरपश्चिममा गर्मी बढ्ने | लेबर पार्टीभित्र बढ्यो असन्तुष्टि बेलायती प्रधानमन्त्री स्टार्मरको बहिर्गमन हुन सक्ने | फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा | आजदेखि रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन | हाइटीमाथि ३–० को सहज जितले ब्राजिल समूह ‘सी’ को शीर्षस्थानमा | अनुदान वास्तविक किसानसम्म पुग्यो कि पुगेन ? छानबिन गर्न कार्यदल गठन ! | रवि लामिछानेको राजनीतिक आधारभूमि चितवनमा रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन | संसदको रोष्ट्रमबाट ज्ञानेन्द्र शाहीको अर्थमन्त्री वाग्लेप्रति व्यंग्य ' शैक्षिक योग्यतानै इमानदारी होइन' | शिक्षामन्त्री पोखरेलद्वारा १५ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक |

देशका विभिन्न क्षेत्रमा मौसमको प्रभाव फरक–फरक देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायु सक्रिय रहेको छ भने देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ।

महाशाखाले देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ। तराईका अधिकांश क्षेत्रमा भने आंशिक बदलीको अवस्था छ। हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आइतबार दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा केही तराई क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि बदलीको प्रभाव रहनेछ। यता मधेश प्रदेश तथा बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनीसमेत दिइएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको जोखिम रहेको महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तापक्रम बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली कायम रहनेछ। कोशी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

महाशाखाले भारी वर्षा, चट्याङ तथा तातो लहरको सम्भावना भएका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न र जोखिमयुक्त गतिविधिबाट जोगिन अनुरोध गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय