
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय समिति सदस्य पदका लागि प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाहको सचिवालयका तीन जनाले उम्मेदवारी दिएका छन्।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा युवा नेत्री एवं प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
अशिम शाहले खुला मुस्लिम समावेशी समूहअन्तर्गत केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। उनी प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकारका रूपमा कार्यरत छन्।
त्यसैगरी, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।
प्रधानमन्त्रीका स्वकीय उपसचिव तथा युवा नेत्री प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने भएकी छन्।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी रहेको छ। यसैक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँगै प्रधानमन्त्री शाहको सचिवालयमा कार्यरत तीन जना पनि केन्द्रीय सदस्यको दौडमा उत्रिएका हुन्।
चितवनमा जारी महाधिवेशनबाट रास्वपाले नयाँ केन्द्रीय समिति चयन गर्दै आगामी कार्यकालको नेतृत्व टुंग्याउने तयारी गरेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
