२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

त्रिभुवन विश्वविद्यालयमा ३४ दिनदेखि जारी तालाबन्दी अन्त्य गर्न सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ। अब ‘नो मोर तालाबन्दी’ भन्ने सन्देशसहित विश्वविद्यालय प्रशासनले पुनः सञ्चालनको तयारी थालेको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै उपकुलपति कार्यालयसहित रेक्टर, रजिष्ट्रार, सेवा आयोगका कार्यालयमा लागेको ताला तत्काल खोल्न निर्देशन दिएको हो।

अधिवक्ता महेश भट्टराईलगायतले विश्वविद्यालयका पदाधिकारीविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र कीर्तिपुर प्रहरी वृत्तलाई ताला नलगाउन, नलगाउन दिन र लागेको भए खोल्न आदेश दिएको हो।

तालाबन्दीले विश्वविद्यालय प्रशासन पूर्ण रूपमा ठप्प भएको थियो। विद्यार्थीले शैक्षिक प्रमाणपत्र पाउने, नतिजा निकाल्ने, नियुक्ति प्रक्रिया लगायत सबै कार्य प्रभावित भएका थिए।

यसबीच आंशिक प्राध्यापक संघ र अखिल (क्रान्तिकारी) त्रिविका नेताहरूविरुद्ध पनि अदालतले आदेशमा समेटेको छ।

अब विश्वविद्यालय प्रशासनले अदालतको आदेशको पालना गर्दै कार्य सञ्चालनमा फर्किने तयारी थालेको छ। लामो समयको तालाबन्दीपछि त्रिवि परिसरमा फेरि चहलपहल फर्किने आशा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय