२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महिला उपसभापति पदका लागि सांसद सोविता गौतमले उम्मेदवारी दर्ता गराएकी छन्।

गौतमको उम्मेदवारीमा नवनिर्वाचित केन्द्रीय सदस्य तथा भूमिमन्त्री प्रतिभा रावल प्रस्तावक बनेकी छन्। रास्वपाको निर्वाचन कार्यतालिकाअनुसार पदाधिकारीको उम्मेदवारी दर्ताका लागि एक जना प्रस्तावक र एक जना समर्थक अनिवार्य रहने व्यवस्था छ।

यसअघि रास्वपाले केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न गरिसकेको छ। अहिले महाधिवेशनमा पदाधिकारी चयनको प्रक्रिया अघि बढिरहेको छ।

पुरुषतर्फको खुला उपसभापति पदमा भने डा. स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। उक्त पदमा वाग्लेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

वाग्लेको उम्मेदवारीमा रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ प्रस्तावक बनेका थिए। अब महिला उपसभापति पदसहित अन्य पदाधिकारी चयनको प्रक्रिया महाधिवेशनअन्तर्गत अघि बढ्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय