२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रश्न उठाएको छ।

आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाको हालै सम्पन्न प्रथम महाधिवेशनमा सार्वजनिक भएको सदस्यता विवरणप्रति सभामुखको ध्यानाकर्षण गराइन्।

उनले महाधिवेशनमा सार्वजनिक गरिएको तथ्यांकअनुसार १८ वर्षभन्दा कम उमेरका ३५ हजारभन्दा बढी बालबालिका रास्वपाको सदस्य रहेको देखिएको बताइन्।

काउँचाले नेपालको संविधानले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन नदिने व्यवस्था गरेको उल्लेख गर्दै १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने र राजनीतिक गतिविधिमा सहभागी गराए ८० हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको स्मरण गराइन्।

‘के रास्वपा संविधानभन्दा माथि हो?’ भन्दै उनले सरकारसँग जवाफ मागिन्।

उनले कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने संवैधानिक तथा कानुनी व्यवस्थाको पालना गराउन सरकारको ध्यानाकर्षण पनि गराइन्।

कांग्रेस सांसद काउँचाले बालबालिकाको मतको आधारमा रास्वपामा धेरै नेता निर्वाचित भएको दाबी गर्दै विद्यार्थीले राजनीति गर्न नहुने भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने तयारी गरिरहेको सरकारले यस विषयमा पनि स्पष्ट धारणा दिनुपर्ने बताइन्।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राप्रपाका सांसद ज्ञानेन्द्र शाहीबाहेक विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डीपी अर्यालले विपक्षी सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय