२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य अब घट्ने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले मध्यपूर्वमा देखिएको तनाव कम हुँदै गएकाले इन्धनको मूल्य पनि क्रमशः घट्ने बताए।

अर्थमन्त्री वाग्लेले मध्यपूर्वमा उत्पन्न समस्याका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा त्यसको असर नेपाली उपभोक्तामाथि पनि परेको उल्लेख गरे।

उनले आफू अर्थमन्त्री बनेको दुई साताभित्रै पेट्रोल, डिजेल र मट्टितेलको आयातमा लाग्ने भन्सार महसुल तथा पेट्रोल र डिजेलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिए।

‘मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनको मूल्य बढ्दा उपभोक्तामाथि परेको भार कम गर्न हामीले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएका थियौं,’ उनले भने।

अहिले मध्यपूर्वको अवस्था विस्तारै सहज बन्दै गएको भन्दै वाग्लेले नेपालले भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने भएकाले त्यसको प्रभाव नेपालमा देखिन केही समय लाग्ने बताए।

‘भारतीय आयल निगममार्फत आउने मूल्य समायोजन हुन केही समय लाग्छ,’ उनले भने, ‘अब पेट्रोलियम पदार्थको मूल्य घट्नेवाला छ।’

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय