२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सह–आयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।

अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एक–एक गोल गरे। खेलको ४५औँ मिनेटमा बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाएका थिए।

तर दोस्रो हाफको ६४औँ मिनेटमा बालोगुन रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित भएको थियो।

एक खेलाडी कम भए पनि अमेरिकाले खेलमा आफ्नो नियन्त्रण कायम राख्यो। ८२औँ मिनेटमा मलिक टिलम्यानले डिबक्स बाहिरबाट प्रहार गरेको उत्कृष्ट फ्रिकिक सिधै गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए।

त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि अमेरिका २–० को जितसहित अन्तिम १६ मा प्रवेश गर्न सफल भयो।

अब अमेरिका क्वार्टरफाइनल प्रवेशका लागि बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय