२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ भने पश्चिमका पाँच जिल्लामा बाढीको मध्यम जोखिम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा बदली रहेको छ। कोसी र बागमती प्रदेशमा सामान्य बदली तथा मधेस प्रदेशमा आंशिक बदली छ। बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान, लुम्बिनी प्रदेशको तराईका थोरै स्थान तथा मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको प्रक्षेपण छ।

रातिको समयमा पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा मधेस र कोसी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

काठमाडौँ उपत्यकामा पनि आज मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् रोजन लामिछानेका अनुसार बिहान हल्का वर्षा भए पनि दिउँसो पुनः बादल बढ्दै हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

यस्तै, बाढी पूर्वानुमान महाशाखाले आज कञ्चनपुर, कैलाली, रूपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम) र आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय