२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। नियमावलीका केही व्यवस्था संविधानविपरीत रहेको दाबी गर्दै कांग्रेस अदालत पुगेको हो।

बिहीबार कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभाका सचेतक पदम परियारले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिट पेस भए पनि हालसम्म दर्ता भने भइसकेको छैन।

प्रतिनिधिसभाले गत जेठ २१ गते नियमावली पारित गरेको थियो। उक्त नियमावलीलाई थप छलफलका लागि समितिमा पठाउनुपर्ने कांग्रेसको माग अस्वीकार भएपछि पार्टी सर्वोच्च अदालत गएको हो।

कांग्रेसले नियमावलीमा प्रतिनिधिसभा र राष्ट्रियसभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ मतको गणना गर्ने अधिकार सभामुखलाई दिइएको व्यवस्थामाथि पनि प्रश्न उठाएको छ। संविधानविपरीत सभामुखलाई यस्तो अधिकार दिइएको जिकिर कांग्रेसको छ।

यस्तै, नियमावलीको दफा २४७ मा तीन वर्षभन्दा बढी कैद सजाय हुने तथा नैतिक पतन हुने फौजदारी कसुरमा अभियोग लागेर थुनामा रहेका सांसदलाई मात्र निलम्बन हुने व्यवस्था गरिएको विषयमा पनि कांग्रेसले असहमति जनाएको छ। यस्तो व्यवस्थाले फौजदारी कसुरमा उन्मुक्ति दिन खोजिएको कांग्रेसको दाबी छ।

संविधान र कानुनभन्दा नियमावलीलाई माथि राख्ने अवस्था सिर्जना भएको भन्दै कांग्रेसले उक्त व्यवस्था गैरसंवैधानिक रहेको जिकिरसहित सर्वोच्च अदालतमा रिट दायर गरेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय