२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीका परिवारले सरकारले परिवारको जिम्मेवारी नलिएसम्म उनको शव नबुझ्ने अडान लिएको छ।

गणेशका भतिज मन नेपालीले सरकारले गणेशकी श्रीमती र छोरीको हेरचाहको जिम्मेवारी लिनुपर्ने माग गर्दै त्यतिन्जेलसम्म परिवारले शव नबुझ्ने बताएका हुन्।

कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘उहाँकी श्रीमती अझै पढ्दै हुनुहुन्छ। छोरी पनि सानै छ। परिवार पाल्ने जिम्मेवारी अंकलकै थियो। अब सरकारले उहाँकी श्रीमती र छोरीको जिम्मेवारी लिनुपर्छ। त्यो जिम्मेवारी नलिएसम्म हामी शव बुझ्दैनौँ।’

उनले सरकारले माग सम्बोधन नगरे आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन्।

‘माइतीघर जानुपर्छ कि कहाँ जानुपर्छ, हामी आन्दोलन गर्छौँ,’ मन नेपालीले भने।

बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीले गलत स्थानमा पार्किङ गरेको भन्दै गणेश नेपालीको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय