
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा शुक्रबार बिहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापा रहेका छन्।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र दुई वटा अग्नि नियन्त्रक यन्त्र बोकेको सवारीसाधनमा रहेको अक्सिजन सिलिन्डर विस्फोट भएको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
