२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट जारी रहेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अंकले घटेर २,५७० बिन्दुमा झरेको छ।

आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको सेयर मूल्य घटेको छ। चार कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

सोमबार ३६८ कम्पनीका करिब ४ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार रकमका आधारमा एनएमबी बैंकको ८.५० प्रतिशत डिबेन्चर सबैभन्दा अगाडि रह्यो। यसको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै, १० प्रतिशत एनआईसी एसिया डिबेन्चरको ४६ करोड रुपैयाँ र एभरेष्ट बैंक डिबेन्चरको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.३७ प्रतिशतले बढेको छ।

नेप्से परिसूचक लगातार घटिरहेको अवस्थामा कारोबार रकम भने बढेको देखिएको छ। यसले बजार सुधारको संकेत दिन खोजेको जस्तो देखिए पनि विश्लेषकहरूले त्यसलाई तत्काल सकारात्मक संकेतका रूपमा लिन नहुने बताएका छन्।

उनीहरूका अनुसार आर्थिक वर्षको अन्त्यतिर डिबेन्चरको कारोबार स्वाभाविक रूपमा बढ्ने भएकाले समग्र कारोबार रकममा वृद्धि देखिएको हो। त्यसैले कारोबार बढेकै आधारमा बजार सुधारतर्फ उन्मुख भएको निष्कर्ष निकाल्न भने अहिले हतार हुने विश्लेषकहरूको भनाइ छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय