२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुंगा खस्ने तथा हिलो जम्दा यातायात प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथमा खसेको पहिरो हटाइएपछि उक्त सडक शुक्रबार बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

बुधबार साँझ मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा माथिबाट पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

यता, काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै दैनिक बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यसैगरी, मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षायामको जोखिमलाई मध्यनजर गर्दै बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

यसैबीच, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त सडक प्रयोग नगरी वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ स्थित सालझन्डी–ढोरपाटन सडकखण्डमा ढुंगा खस्दा पनि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पहिरोका कारण बन्द भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सडक विभागसहित सम्बन्धित निकायहरूले अवरुद्ध सडक खुलाउने काम जारी राखेका छन्। वर्षायाममा पहिरो र बाढीको जोखिम बढेकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय