२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै लागू गरिएको नयाँ संरचना शुक्रबारदेखि कार्यान्वयनमा आएको हो।

प्रदेश सरकारले वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयको संख्या घटाएको हो। अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा कुल आठ मन्त्रालय रहनेछन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन गरेका हुन्।

नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नै सम्हाल्ने भएका छन्।

कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेललाई दिइएको छ। आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय शिवराज अधिकारीले सम्हाल्नेछन् भने स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चनचन्द्र वादेलाई दिइएको छ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय डा. दिनेशचन्द्र देवकोटाले सम्हाल्ने भएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालय प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय कृष्णकुमार तामाङ तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बिन्दु श्रेष्ठको जिम्मेवारीमा रहनेछ।

प्रदेश सरकारले किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ।

मन्त्रालयको जिम्मेवारी

  • इन्द्रबहादुर बानियाँ – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • मधुसूदन पौडेल – कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय
  • शिवराज अधिकारी – आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय
  • कञ्चनचन्द्र वादे – स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय
  • डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्रालय
  • प्रभात तामाङ – आर्थिक मामिला तथा योजना मन्त्रालय
  • कृष्णकुमार तामाङ – खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
  • बिन्दु श्रेष्ठ – उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय

प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर प्रशासनिक संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय