२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

हङकङमा बसिरहेका नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लडेर घाइते भएका छन्। काठमाडौं पाटी डट कममा प्रकाशित  एक समाचारका अनुसार  शौचालयमा लड्दा उनको एउटा हात भाँचिएको दाबि गरिएको छ ।

काठमाडौं पाटी डट कमको  स्रोतका अनुसार उक्त घटना गत साता भएको हो। उपचारपछि देउवा हाल आराम गरिरहेका छन्।

देउवाले आफू घाइते भएको विषय कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रमेश लेखकलगायत नेताहरूलाई जानकारी गराएको बताइएको छ।

नेता पूर्णबहादुर खड्कासँग भेटेका एक केन्द्रीय सदस्यले पनि देउवा घाइते भएको पुष्टि गरेका छन्। उनका अनुसार शौचालयमा लड्दा देउवाको हात भाँचिएको जानकारी प्राप्त भएको हो।

देउवा गत फागुन १३ गते नियमित स्वास्थ्य परीक्षणका लागि आफ्ना स्वकीय सचिवसमेत रहेका भतिजा भानु देउवासँगै सिंगापुर गएका थिए। त्यसपछि उनी पत्नी आरजु राणा देउवासँग हङकङ पुगेका थिए। त्यतिबेला उनको सचिवालयले थप स्वास्थ्योपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएको जनाएको थियो।

हङकङबाट नेपाल फर्किने तयारी भइरहेका बेला जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा चैत तेस्रो साता पक्राउ पुर्जी जारी गरेपछि देउवा दम्पती उतै रोकिएको बताइएको छ।

प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्न दुईपटक पत्राचार गरे पनि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले राजनीतिक व्यक्तिविरुद्ध रेड नोटिस जारी गर्न नमिल्ने भन्दै अस्वीकार गरेको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय