२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमाथि कुनै शंका नगर्न आग्रह गरेका छन्।

शनिबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा रौतहटका विभिन्न दलबाट आएका कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले सरकारको नियत स्पष्ट रहेको बताएका हुन्।

लामिछानेले सरकारका केही निर्णयमा विवाद वा समस्या आउन सक्ने भए पनि त्यसलाई आवश्यकताअनुसार सच्याउन सकिने बताए।

उनले भने, ‘सरकारको नियतमा कुनै पनि शंका छैन। निर्णयहरूमा कहिलेकाहीँ समस्याहरू आउन सक्छन्। त्यसलाई करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो हुन्छ। निर्णय गर्दा दुई–चार वटा निर्णयले विवाद ल्याउन सक्छ।’

उनले सरकारका निर्णयको प्रभाव व्यवहारमा देखिन र त्यसको मूल्यांकन गर्न केही समय लाग्ने उल्लेख गर्दै तत्काल निष्कर्षमा नपुग्न आग्रह गरे।

सरकारले अघि बढाएका निर्णयहरूको परिणाम देखिन समय लाग्ने भएकाले केही समय धैर्यता अपनाउनुपर्ने उनको भनाइ थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय