२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको टावरमा चढेका २४ वर्षीय अफसर आलम हुसैन अन्ततः सकुशल ओर्लिएका छन्। उद्धारपछि उनी घर फर्किएका छन्।

गोडैता नगरपालिका–९ बकैनियाका आलम आइतबार बिहान मलङ्गवा नगरपालिका–९ स्थित नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका थिए। उनले आफू प्रेम गर्दै आएकी ठाकुर थरकी युवतीसँग विवाह हुनुपर्ने माग राख्दै टावरमा चढेको बताएका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आलमले टावरको टुप्पोबाट आफ्ना साथीलाई फोन गरेपछि घटनाबारे जानकारी भएको थियो। त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली टेलिकम परिसरमा पुगेर उनको उद्धार प्रयास थालेको थियो।

सुरक्षाकर्मीहरूले लामो समयसम्म फोनमार्फत संवाद गर्दै उनलाई सुरक्षित रूपमा तल झर्न आग्रह गरेका थिए। तर, प्रेमिकासँग विवाहको सुनिश्चितता नभएसम्म नओर्लिने अडान उनले लिएका थिए।

घटनाको जानकारी पाएपछि आलमका आमाबुबा घटनास्थल पुगेका थिए। उनीहरूले सम्झाएपछि आलम स्वेच्छाले टावरबाट ओर्लिएका हुन्।

स्थानीय पत्रकार बख्तियार अलीका अनुसार टावरबाट ओर्लिएपछि आलमलाई सुरक्षित रूपमा घर पठाइएको छ। उनी सर्लाही क्याम्पस, मलङ्गवामा बीबीएस अध्ययनरत विद्यार्थी हुन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय