२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

जनकपुरस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका छन्।

मंगलबार जानकी मन्दिर दर्शनका लागि हर्क साम्पाङ जनकपुर आउने कार्यक्रम थियो। उनी आउनुअघि स्वागतका लागि मन्दिर पुगेका पार्टीका नेता तथा कार्यकर्तामाथि अवरोध गरिएको हो।

हर्क साम्पाङ पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर जाने तयारीमा छन्। हिन्दु सम्राट सेनाले भने विगतमा साम्पाङले गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै उनलाई जनकपुरमा प्रवेश गर्न नदिने चेतावनी दिएको छ।

घटनापछि साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘गाई कसले खाएको रैछ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ? जय जानकी मन्दिर!’

यसअघि उनले अर्को स्टाटसमा जनकपुरमा विवाद भएको र गृहमन्त्रीको फोन अफ रहेको उल्लेख गरेका थिए। ‘जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ!’ भन्दै उनले विगतका विषय र धर्मलाई लिएर विवाद सिर्जना गरिएको दाबी गरेका छन्।

साम्पाङले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई संयमित रहन पनि आग्रह गरेका छन्।

श्रम संस्कृति पार्टीले आज जनकपुरमा साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय