
सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउने र नागरिकलाई सक्कली बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ अभियान सुरु गरेको छ।
यस अभियानअन्तर्गत हरेक दिन एक जना नेपालीलाई लखपति बनाइने व्यवस्था गरिएको छ। साथै, हरेक महिनामा दुई जना विजेतालाई बम्पर पुरस्कारस्वरूप जनही १० लाख रुपैयाँ प्रदान गरिनेछ।
यो योजनामा मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायबाट १०० रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गरी सक्कली बिल लिने नागरिक सहभागी हुन सक्नेछन्।
सरकारका अनुसार अनलाइन वा नगद जुनसुकै माध्यमबाट भुक्तानी गरे पनि प्राप्त सक्कली बिलको नम्बरका आधारमा पुरस्कार विजेता छनोट गरिनेछ।
सरकारले सामान खरिद गर्दा, होटल तथा रेस्टुरेन्टमा भुक्तानी गर्दा वा अन्य सेवा लिँदा अनिवार्य रूपमा सक्कली बिल लिन सबै नागरिकलाई आग्रह गरेको छ।
यस अभियानले कर प्रणालीलाई थप पारदर्शी बनाउन, राजस्व चुहावट नियन्त्रण गर्न तथा उपभोक्तामा सक्कली बिल लिने बानीको विकास गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ।
हालका लागि लखपति योजनाका विजेताको घोषणा प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन अर्थात् पाक्षिक रूपमा गरिने जनाइएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
