२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको नेपालकै पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरिएको हो।

सुरुङमार्ग सञ्चालनसँगै अब सवारी चालकले नगद नभई आरएफआईडी (RFID) प्रणालीमार्फत टोल शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ।

सुरुङमार्ग प्रयोग गर्न सम्बन्धित बैंकबाट प्राप्त एन–ट्याग (N-Tag) स्टिकर सवारीमा अनिवार्य रूपमा जडान गर्नुपर्नेछ। ट्यागमा रकम रिचार्ज गरेपछि सुरुङमार्ग प्रवेश गर्दा टोल शुल्क स्वचालित रूपमा कट्टा हुनेछ।

प्रारम्भिक चरणमा कार, जिप, भ्यान, पिकअप, बस तथा अन्य चारपाङ्ग्रे सवारीलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। मोटरसाइकल, पेट्रोल ट्यांकर, ग्यास बुलेटलगायतका सवारीसाधनलाई भने हाल प्रवेश अनुमति दिइने छैन।

सवारीको प्रकार र यात्राको दिशाअनुसार टोल शुल्क पनि फरक–फरक निर्धारण गरिएको छ। कार, जिप, भ्यान र पिकअपले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनिबस, मिनी ट्रिपर र ट्यांकरका लागि काठमाडौं प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ।

त्यस्तै, ठूला बस र ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। बहु–एक्सल ट्रक तथा भारी उपकरण बोकेका सवारीले प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

२.६८ किलोमिटर लामो यो सुरुङमार्गको निर्माण कार्य २०७६ कात्तिक ४ गते सुरु भएको थियो। आयोजनामा जापान सरकारको करिब २१.५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ।

साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले जापानी निर्माण कम्पनीले चार पटकसम्म म्याद थप गरेपछि सुरुङमार्ग निर्माण सम्पन्न भई सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय