
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका उद्योगपतिहरूसँग विशेष छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा योगदान पुर्याएका झन्डै तीन दर्जन उद्योगपतिसँग ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ आयोजना गरिएको हो।
छलफल आज दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
कार्यक्रममा अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरूको पनि सहभागिता रहनेछ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
