२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि कोशी प्रदेश सरकारले मृतकका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बुधबार विराटनगरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले घाइते तथा क्षति व्यहोरेका परिवारलाई जनही ५० हजार रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ।

बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित क्षेत्रमा शान्ति, सद्भाव र साम्प्रदायिक एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

निर्णयअनुसार स्थानीय तह र समुदायस्तरमा सर्वपक्षीय बैठक, सद्भाव यात्रा तथा सार्वजनिक अपिलमार्फत सामाजिक सद्भाव कायम गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। धार्मिक संघ–संस्थालाई पनि संयुक्त रूपमा शान्ति र सद्भावको सन्देश फैलाउन आग्रह गरिएको छ।

बैठकले सीमा क्षेत्रमा सुरक्षा सतर्कता थप प्रभावकारी बनाउने, सुरक्षा व्यवस्था कडा पार्ने तथा साम्प्रदायिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधि हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिएको छ।

घाइतेहरूको उपचार तथा थप राहत व्यवस्थापनका लागि संघीय सरकारसँग आवश्यक सहयोग र समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संवेदनशील अवस्थामा सामाजिक तथा धार्मिक सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै शान्ति, संयमता र आपसी सहकार्यका साथ अघि बढ्न अपिल गरेका छन्।

बैठकमा प्रदेश सरकारका मन्त्री, प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय