२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सर्वोच्च अदालतले अदालतमा हुने सुनुवाइको प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै अदालतका कार्यवाहीको प्रत्यक्ष प्रसारण तत्कालका लागि रोक्न आदेश दिएको हो।

अदालतले प्रत्यक्ष प्रसारणका लागि आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएकाले ती व्यवस्था नबन्दासम्म लाइभ स्ट्रिमिङ नगर्न आदेश दिएको छ। साथै, मापदण्ड निर्माणको काम भइरहेको पनि सर्वोच्चले जनाएको छ।

आदेशमा प्रत्यक्ष प्रसारण गरिएका भिडियो तोडमोड गरी भ्रम सिर्जना गर्ने वा दुरुपयोग हुने गतिविधि रोक्न पनि निर्देशन दिइएको छ।

यसअघि विशेष अदालत र उच्च अदालत जनकपुरले सुनुवाइलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले प्रत्यक्ष प्रसारण सुरु गरेका थिए। उच्च अदालत जनकपुरले असार ८ गते र विशेष अदालतले असार ९ गते सामाजिक सञ्जालमार्फत सुनुवाइ प्रत्यक्ष प्रसारण गरेका थिए।

विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको सुनुवाइ प्रत्यक्ष प्रसारण भएपछि उनका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरू सामाजिक सञ्जालमा ट्रोलको निशानामा परेका थिए।

प्रत्यक्ष प्रसारणको विरोध गर्दै अधिवक्ता जीवनकुमार शाही, कानुनका विद्यार्थी मिलन शाही र रेखा मल्लले असार ३० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्चले प्रत्यक्ष प्रसारण रोक्न अन्तरिम आदेश जारी गरेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय