२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसले सुनसरी घटनालाई गम्भीर रूपमा लिनुपर्ने भन्दै सरकारसँग जवाफ माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले घटनाको निष्पक्ष छानबिन गर्न र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन्।

उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उठाउँदै यसको स्पष्ट जवाफ सदनमा दिन सरकारसँग माग गरिन्।

थापाले तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर रहेका बेला प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा लेखेको एक स्टाटस स्मरण गराउँदै अहिलेको मौनतामाथि पनि प्रश्न उठाइन्।

उनले भनिन्, ‘तेरो …हरूको पो बा भइस्, साँच्चै नै कहिल्यै बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्? यस्तो आतंकवाद यो विश्वले कहिल्यै देखेको थिएन। यदि यति कुरा बुझ्नलाई इसारा नै काफी छ।’

उनले प्रधानमन्त्रीको भावना पदसँगै बदलिएको हो भन्दै प्रश्न गर्दै सुनसरी घटनापछि सरकार मौन बसेको आरोप लगाइन्।

थापाले भनिन्, ‘यो घटना पछि सरकार मौन छ। हिजो आक्रोश पोख्ने सम्माननीय प्रधानमन्त्री आज मौन हुनुहुन्छ। हिजो सदनमा आँसु झार्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो? त्यो आवाज आज किन सुनिँदैन? कि तपाईंले लगाएको कालो चस्माले मृत्यु र पीडाको रङ पनि फरक फरक देख्छ र?’

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय