२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रतिनिधिसभा सदस्य बलावती शर्माले सुस्ता क्षेत्रमा भारतीय पक्षबाट भइरहेको भनिएको सीमा अतिक्रमण र नेपाली नागरिकमाथि परेको समस्याबारे सरकारको भूमिका प्रश्न गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सीमावर्ती क्षेत्रमा आफ्नै भूमि जोगाउन नेपाली नागरिक अग्रपंक्तिमा उभिनुपरेको अवस्था आएको भन्दै सरकार मौन बसेको आरोप लगाइन्।

शर्माले देशका विभिन्न सीमावर्ती क्षेत्रमा छिमेकीबाट भूमि अतिक्रमण भइरहेको दाबी गर्दै त्यसले नेपाली नागरिक आफ्नै भूमिमा असुरक्षित बन्न पुगेको बताइन्।

‘आफ्नो भूमि जोगाउन जनता सीमामा लडिरहँदा सरकार के हेरेर बसेको छ ?’ भन्दै उनले यस विषयमा सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।

उनले सीमा सुरक्षाजस्तो संवेदनशील विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै सुस्ता क्षेत्रको अवस्थाबारे संसदलाई यथार्थ जानकारी गराउन पनि आग्रह गरिन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय