२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा पहिरोका कारण अवरुद्ध सडकमा नयाँ ट्रयाक जोडिएको छ ।

शुक्रबारदेखि दुवैतर्फबाट एक्स्काभेटर प्रयोग गरी खनिएको नयाँ ट्रयाक शनिबार जोडिएको हो ।

ट्रयाक जोडिएसँगै अहिले सडकलाई आवश्यक उचाइ र स्तरमा ल्याउन सम्याउने काम भइरहेको छ । सडक सम्याउने, आवश्यक मर्मत तथा ग्राभेलको काम पूरा भएपछि राजमार्गमा यातायात सञ्चालन खुला गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सडक सञ्चालनमा आएपछि सुरुमा एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न तथा इन्धनलगायत अत्यावश्यक सवारीसाधनलाई प्राथमिकता दिइनेछ । सडक चौडा गर्ने र ग्राभेलको काम पूरा भएपछि ठूला तथा मालवाहक सवारीसाधनलाई पनि सञ्चालन गर्न दिइनेछ ।

देशकै ‘लाइफलाइन’ मानिने मुख्य राजमार्ग भएकाले सकेसम्म चाँडो सडक खुलाउने प्रयास भइरहेको बताइएको छ । दीर्घकालीन समाधानका लागि यही ट्रयाकलाई निरन्तरता दिने वा वैकल्पिक मार्ग खोज्ने विषयमा पनि छलफल भइरहेको छ ।

त्रिशूली नदीमा आएको बाढीका कारण सडकको तल्लो भागबाट पहिरो खसेपछि पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा काठमाडौं, चितवन र पोखरातर्फको आवतजावत प्रभावित भएको छ ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार शुक्रबारदेखि खनिएको नयाँ ट्रयाक शनिबार जोडिएको हो । अब ट्रयाकलाई चौडा र सम्याएपछि ग्राभेल गरेर सडक सञ्चालनमा ल्याउने तयारी छ ।

उपलब्ध सबै उपकरण र प्राविधिक जनशक्तिको अधिकतम प्रयोग गरेर राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको भन्दै उनले थप अवरोध नआए एक साताभित्र सहज रूपमा सडक खुल्ने बताइन् । उनका अनुसार एक साताभन्दा अगाडि नै पनि राजमार्ग सञ्चालनमा आउन सक्छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय